२०८१ पौष २५, बिहिबार
बजारमा कार्बामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी भए खान अयोग्य मानिन्छ । रातोपाटीका लागि सरिता थारुद्धारा लेखिएको समाचार।
तरकारीमा देखिएको विषादीबारे छलफल भइरहेको समितिले दाबी गरेको छ । किसान र प्रयोगशालासँग समन्वय गरी उत्पादकलाई सचेत गराउने समितिका कार्यकारी निर्देशक डा. महादेवप्रसाद पौडेलले बताए । ‘हामीले केन्द्रीय प्रयोगशालासँग समन्वय गरेका छौँ,’ उनले भने, ‘स्थानीयस्तरमा रहेका कृषि ज्ञान केन्द्रसँग समन्वय गरेर किसानलाई सचेत गराउँछौँ ।’
विषादीबाट जोगिनका लागि उत्पादकले सकेसम्म विषादी प्रयोग गर्न नहुने यदि प्रयोग गर्नेपर्ने भएमा हरियो र नीलो लेबल भएको विषादी प्रयोग गर्नुपर्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जनाएको छ । उपभोक्ताले विषादी प्रयोग भएको शंका लागेको मनतातो पानीले पखालेर वा नूनपानीमा केही समय तरकारी भिजाएर प्रयोग गनुपर्ने नार्कको सुझाव छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे