२०८१ पौष २५, बिहिबार
शित ओभाउदै गएको र उकालोमा गएराती ठोक्किएका सवारीसाधन हटाएपछि राजमार्ग सुचारु भएको हो । मङ्गलबार रातिदेखि अवरुद्ध सडक हिजो केही समय एकतर्फी रुपमा सुचारु भएपनि गएरातीदेखि फेरि अवरुद्ध भएको थियो ।
अहिले दुवैतर्फ सवारी साधनको लामो लाइन भएकाले क्रमैसँग पालैपालो सवारी साधनलाइ पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।
पहिले यात्रुवहाक सवारीसाधनलाइ प्राथमिकता दिएर गन्तव्यमा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । रातभरको जामका कारण यात्रुले सास्ति भोग्न बाध्य भएका छन् ।
नारायणगढ बुटवल सडक विस्तारको क्रममा रहेकाले दाउने खण्डमा सडक विस्तारको काम पनि भइरहेकाले हिलो हुँदा त्यसले थप समस्या बनाएको छ । पटकपटक दाउन्ने खण्डमा हुने अवरोधले यात्रुले सास्ती भोग्दै आएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे