२०८१ पौष २५, बिहिबार
सिरहा- सिरहाको लहानमा आज स्थानीयले पूर्वपश्चिम राजमार्ग अबरुद्ध पारेर आन्दोलन गरे ।
कृषि विकास बैंक लहान शाखाले प्रक्रिया नै छलेर जग्गा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका हुन।
उनीहरूले आज बिहान ११ बजेदेखि २ बजेसम्म चक्काजाम गरे । आन्दोलनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको थियो ।त्यसक्रममा केही स्थानीय र केही प्रहरी पनि घाइते भएका छन । प्रहरीले १० राउन्ड अश्रुग्यास र ४ राउन्ड हवाई फायर पनि गर्नुपरेको जिल्ला प्रहरी कार्यालय, सिराहका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । अहिले भने स्थिति सामान्य भइसकेको छ ।
लहान नगरपालिका वडा-२ का स्थानीय किसान रामचन्द्र यादवले पूर्वपश्चिम राजमार्गमा जोडिएको ७ धुर जग्गा धितो राखी २०७७ फाल्गुन १५ गते ३० लाख रुपैयाँ ऋण लिएका थिए ।
गत मंसिरसम्ममा किस्ता बापत १९ लाख ९२ हजार ७ सय ७३ रुपैयाँ तिरिसके पनि आफ्नो जग्गा बैंकका कर्मचारीले थाहै नदिई गुपचुप रूपमा लिलाम गरेको पीडित यादवको भनाइ छ । यादवका अनुसार, अहिले उक्त जग्गाको चलनचल्तीको मूल्य १ करोड ४५ लाख रहेको छ।
तर, बैंकले ३५ लाखमै लिलाम गरिदिएको यादव गुनासो गर्छन ।
आफ्नो जग्गाको विषयमा विगत २ महिनादेखि बैंक धाइरहेको भएपनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनु परेको यादवको भनाइ छ ।।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे