२०८१ पौष २६, शुक्रबार
पुस २६- नवलपुरको विनयी खोलामा आज साँझ पुल भाँचिएपछि अवरुद्ध भएको महेन्द्र राजमार्गमा सवारी आवागमनका लागि वैकल्पिक बाटो प्रयोग गर्नका लागि प्रहरीले अनुरोध गरेको छ।
बिनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्री बाटो त्रिवेणी क्रसर हुँदै गुम्बाचोकबा निस्कनका लागि ठूला सवारी साधनका लागि एउटा रुट प्रयोग भएको गरिएको छ।
ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजीचोक, डाँडाचौर, होङ्सि गेटमा पुग्ने अर्को बैकल्पिक बाटो मार्फत सडक संचालन गरिएको हुँदा सोही बाटो प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय नवलपुरले अनुरोध गरेको छ। भाँचिएको बिनयी खोला पुल नजिकै अर्को एउटा डाइभर्सनबाट पनि सवारी आवागमन गराईएसँगै दिउसोदेखि लामबद्ध रहेका यातायातका साधनहरू अहिले सुचारू भएका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे