२०८१ माघ २, बुधबार
बुधबार बिहान ६ः३० बजे काँकडभिट्टा पूर्वबाट धरान पश्चिमतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिव ११ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
नागरिक यातायातको यात्रुवाहक बस अनियन्त्रित भई बस सडकबाट तल खसेर पल्टिएको थियो ।
दुर्घटनामा परि बसमा सवार ११ विराटनगर ३ का ५४ वर्षीय गुणा कोइराला, ३४ वर्षीया दिपा निरौला, १७ वर्षीया म्यारी निरौला, ३८ वर्षीया निर्मला निरौला, ५९ वर्षीया शर्मिला कोइराला घाइते हुनुभएको छ ।
यसैगरी, झापा शिवसताक्षी –८ का ३२ वर्षीय टंक शिवाकोटी, ३० वर्षीया आन्सा फियादेन, २१ वर्षीया सुमना लिम्बु, बिर्तामोड नगरपालिका–६ का ५१ वर्षीय पुष्पलाल अधिकारी, ४९ वर्षीया चन्द्रकला अधिकारी र कमल गाउँपालिका–६ का ४० वर्षीय शान्तिराम खतिवडा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रेहेको र विर्तामोडस्थित विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको ।
बस चालक मेचीनगर –१० धुलाबारी बस्ने ५४ वर्षीय टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक अर्जुन सोडारीले जानकारी दिनुभयो ।लीलाराज खड्का/गोरखापत्र
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे