२०८१ माघ १८, शुक्रबार
महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको आठौं दिन आज माघ ३ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
महोत्सव सांस्कृतिक कार्यक्रम समितिका संयोजक नारायण प्रधानका अनुसार भोलि दिउँसो ३ः०० बजेपछि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती रहने छ ।
११ः३० बजेपछि (E-STABDHA / ARYAN & THE CLUSTER) को लाइभ ब्याण्ड र जादुगर बलराम सरकारको प्रस्तुती रहने छ । यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, नेपाल दराइ उत्थान कावासोती, प्रतिभा मञ्च – २०८१ विजेता चितवन, थारु कल्याणकारी सभा चितवन, नेपाल चेपाङ् संघ चितवन, नेपाल कुमाल समाजको प्रस्तुती रहने छ । यसै गरी लोक संस्कृति तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नारायणगढले लाखे नाच समेत प्रस्तुत गर्ने छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे