२०८१ माघ ५, शनिबार
“पर्यटन ,कृषि ,उधाेग र व्यापारकाे उत्सव: समृद्धि नवलपुरका लागि आठौं महाेत्सव” भन्ने नाराका साथ कावासाेती नगरपालिका -१६ ,डण्डामा सुरू हुन लागेको नवलपुर उधाेग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ प्रसाद अर्यालले बताउनुभयो ।
महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म संचालन हुनेछ। जिल्लाकाे उधाेग ,व्यापार , कृषि उपज, पर्यटन क्षेत्रकाे प्रवर्द्धन , स्थानीय कला ,संस्कृतिकाे उजागर गर्नका लागि महाेत्सव फलदायी हुने संघका महासचिव सागर पाेख्रेलले बताउनुभयो ।
स्थानीय एवम् राष्ट्रिय स्तरका कलाकारहरुकाे प्रस्तुति , विभिन्न जातजातिका कला संस्कृतिकाे प्रदर्शनी , जिल्लामा उत्पादित वस्तुको प्रदर्शनी , कृषि प्रदर्शनी ,शैक्षिक अनुसन्धान र नव प्रवर्द्धन कार्य प्राेत्साहन कार्यक्रम , रत्याैली प्रतियोगिता , डान्स आइडल ,श्रष्टा सम्मान सहितका कार्यक्रम महाेत्सवमा हुने अध्यक्ष अर्यालले बताउनुभयो । महाेत्सवमा एफिल टावर, फिस टनेल र सुनामी झुला रहने आयाेजकले बताएको छ।
स्थानीय एवम् राष्ट्रिय स्तरका कलाकारहरुकाे प्रस्तुति , विभिन्न जातजातिका कला संस्कृतिकाे प्रदर्शनी , जिल्लामा उत्पादित वस्तुको प्रदर्शनी , कृषि प्रदर्शनी ,शैक्षिक अनुसन्धान र नव प्रवर्द्धन कार्य प्राेत्साहन कार्यक्रम , रत्याैली प्रतियोगिता , डान्स आइडल ,श्रष्टा सम्मान सहितका कार्यक्रम महाेत्सवमा हुने अध्यक्ष अर्यालले बताउनुभयो ।
महाेत्सवमा २ सय ५० वटा सम्म स्टल रहने छन्। महाेत्वमा प्रवेशका लागि रु.१०० टिकट ,विधार्थीका लागि रु.६० र ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरु लाई निशुल्क प्रवेशकाे व्यवस्था गरिएको महासचिव पाेख्रेलले बताउनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे