२०८१ माघ ५, शनिबार
पटिहानी फुटबल क्लबको आयोजनामा माघ ४ देखि १२ गतेसम्म हुने प्रतियोगितामा चितवनका १६ विद्यालयहरूले सहभागिता जनाउँदै छन् ।
खेल भरतपुर-१४ को सुन्दर बस्ती खेलमैदानमा हुने उद्घाटन खेल सैनिक आवासीय माध्यमिक विद्यालय र नारायणी माध्यमिक विद्यालयबीच हुनेछ ।
क्लबका सचिव सुमन पौडेलका अनुसार प्रतियोगिताको विजेताले १० हजार नगद सहित ३० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री पाउने छन् । यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
अनुशासित टिमलाई ५ हजार बराबरको खेलकुद सामाग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मीडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाण पत्र र पुरस्कारको व्यवस्था गरिएको छ ।
क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाका अनुसार विगतका प्रतियोगिताले स्कुलदेखिनै नयाँ खेलाडीहरूको पहिचान गर्न सफल भएकाले प्रतियोगितालाई निरन्तरता दिएको बताए । हामीले क्लबको स्थापनादेखि नै नयाँ खेलाडी उत्पादनको लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएका छौँ । शिक्षासँग खेलकुद जोड्न विद्यालयबीचको यस अघिका संस्करणहरू निकै उपलब्धिमूलक भएको उनको बुझाई छ । यस अघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेर खेल र शिक्षालाई जोडेको थियो । प्रतियोगिताको प्रवर्द्धकका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ रहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे