२०८१ माघ ५, शनिबार
महेश संस्कृत गुरुकुल देवघाटधाममा अध्ययनरत काफ्लेको मूल घर जुम्ला हो । प्रतियोगितामा पोखरा, कास्कीका संयोग बस्याल द्वितीय भएका छन् भने भरतपुर, चितवनकी सरस्वती पौडेलले तृतीय स्थान हासिल गरेकी छन् ।
२०५३ सालदेखि २ वर्षको अन्तरमा हुँदै आएको महोत्सवमा पहिलोपटक गजल प्रतियोगिता गरिएको हो । प्रतियोगितामा कूल ३८ जना गजलकारका गजलहरु प्राप्त भएको कार्यक्रम संयोजक लेखराम सापकोटाले जानकारी दिनुभयो । प्राप्त भएका गजलबाट १० उत्कृष्ट गजल छनोट गरी वाचनमा सहभागी बनाइएको थियो ।
प्रतियोगितामा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजारसहित प्रमाणपत्र दिइएको थियो ।
उत्कृष्ट सूचीमा परेका मकवानपुरकी गौरी कँडेल, पाल्पाकी पूजा जिज्ञासु, नुवाकोटका प्रदीप कोइराला, चितवनका रामलाल कुमाल एवम् नवलपरासीका भानुभक्त सापकोटा र सरोज उजाडलाई २÷२ हजार नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । पुरस्कृत स्रस्टालाई कार्यक्रमका सभापति विष्णु लम्साल र प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको निर्णायकहरुमा गोविन्दराज विनोदी, केशवराज आमोदी र सरला जोशी रहेका थिए भने रमेश प्रभातले प्रतियोगिताको नतिजा सार्वजनिक गरेका थिए । कार्यक्रममा एसआर दुवाडी, गजेन्द्र अवस्थी, सुरेन्द्र अस्तफल, राजु क्षेत्री, मसान उपासक, किसान प्रेमी र सरला जोशीले अप्रतियोगी गजल प्रस्तुत गरेका थिए । कार्यक्रममा चितवन महोत्सव स्मारिकाका प्रधान सम्पादक हेरम्बकुमार श्रेष्ठ असीमले स्वागत मन्तव्य राखेका सापकोटाले जानकारी दिनुभयो ।
नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ ।
पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
चितवन महोत्सव अन्तर्गत नै पुष २९ गतेबाट नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल समेत सुरु भएको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन भइरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे