२०८१ माघ ६, आईतबार
भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताए । असी वर्षीय उनले भने- “नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ ।”
सुरुआती समयमा एउटा सिरक बनाएको रु पाँच थियो । अहिले बढेर रु आठ सय पुगेको लतिफले जानकारी दिए । उनले भने, ‘दैनिक कम्तीमा दुईवटा सिरक बनाउन भ्याउँछु । घरेलु सामग्री (धुनिया) बाट रुवा फिटेर सिरक डसना बनाउने पर्ने भएकाले समय पनि बढी लाग्छ ।’
घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुतीका कपडाको रुवा बनाउने उपकरण र ट्याक्टरसँगै लिएर हिँड्न थालेकाले पुराना कपडा खेर नजाने बेलबारी–११ की सीता खतिवडाले बताइन् । “आजभोलि पुराना सुतीका कपडा खेर जाँदैनन्, घरघरमा सिरक डसना बनाउने व्यक्ति आएर सबै पेलेर रुवा बनाइदिन्छन्”, उनले भनिन् ।रासस
तीनदेखि पाँच जनाको समूहमा उनीहरूले काम गर्छन् । ट्र्याक्टरमा सुतीका पुराना कपडा फिटेर रुवा बनाउने उपकरण लिएर हिँड्ने उनीहरूको समूहले दैनिक रु १० हजारभन्दा बढी कमाइ गर्दै आइरहेको लतिफले जानकारी दिए । पछिल्लो समय तयारी अवस्थाका फाइबरका सिरक, डसनालगायत सामग्रीको प्रयोग बढिरहेकाले व्यापार सोचे जस्तो नभएको उनले बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे