२०८१ माघ १८, शुक्रबार
‘प्रेमिकाले धोका दिएको’ भन्दै झापाको दमक नगरपालिका–७ का ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर लाइटर बाली शरीरमा आगो लगाएका हुन् ।
आइतबार बिहान थापाले शरीरमा पेट्रोल छर्किएर आगो लगाएको मोरङ प्रहरीले जनाएको छ । उर्लाबारी नगरपालिका–७ पश्चिम बस स्टेण्डमा रहेको अन्नपूर्ण खाजा घरमा गएर थापाले शरीरमा आगो लगाएको बताइएको छ ।
अन्नपूर्ण खाजा घर झापाको दमक नगरपालिका–३ घर भएकी २८ वर्षीय इन्द्र लिम्बुले सञ्चालन गरेकी हुन् । इन्द्रले आफूलाई धोक दिएको विनोदको आरोप छ । उनीहरू दुवैजना विवाहित हुन् । प्रहरीले इन्द्रलाई सोधपुछ गरेर परिवारको जिम्मा लगाएको छ । थापाको विराट टिचिङ अस्पतालमा उपचार हुँदैछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे