२०८१ माघ १७, बिहिबार
जनवरी १८ मा एक दम्पतीले आफ्नी ९ वर्षीया छोरीलाई पेट दुखेको भन्दै मुजफ्फरपुर मेडिकल कलेजमा ल्याए । ती बालिकाको तीन वर्षको उमेरदेखि नै कपाल टिपेर खाने बानी रहेछ । सानै देखि टाउकोको कपाल उखेलेर खान्थिन् ।
नहाउन भन्दा पनि नमानेपछि मातापिताले टाउको खौरिदिए । तर बिस्तारै कपाल बढ्दै गएपछि फेरि खाइहाल्ने उनको बानी थियो । १५ दिनअघिदेखि बालिकाको पेट दुख्न थाल्यो । पेट दुखेको भन्दै बालिकाले खान र पिउन छोडिन् । करकापले केही खुवायो भने वान्ता गर्थिन् । निजी अस्पतालमा देखाउने क्रममा पेटमा कपाल भएको थाहा भयो । डाक्टरको सल्लाहमा परिवारले बालिकालाई सरकारी अस्पताल लगे ।
बालिकाको पेटभित्रको गाँठो बाहिरबाट छामेरै महसुस गर्न सकिन्थ्यो । अपरेसनपछि पेटबाट निस्किएको कपालको डल्लो झन्डै एक केजीको थियो । बालिका ट्राइकोटिलोमेनिया नामक मानसिक रोगी भएको र उनलाई ट्राइकोबेजोर नामक रोग लागेको डाक्टरले बताएको छ ।
यो रोगमा व्यक्तिले आफ्नो आँखी भौँ, टाउको र छालमा भएको कपाल वा रौँ उखेलेर फ्याँक्छन् । केहीले भने यसरी उखेलेको रौँ/कपाल खान्छन् पनि । यो कपाल पच्दैन । लगातार कपाल खाँदा खाँदा एक अर्कामा टाँसिएर पेटमा कपालको डल्लो बनेको थियो ।एजेन्सीको सहयोगमा
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे