२०८१ माघ १७, बिहिबार
मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकीङ, शेयर तथा डिम्याट खाता नवीकरण, ब्लूबुक नवीकरण, इन्सोरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानीका साथै इजी लोन, इस्पिकर , मर्चेन्ट लिङक जस्ता सुविधाहरू दिँदै आइरहेको छ ।
लाइनबाट अनलाइन सम्मको यात्रा तय गरेको इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार रहेका छन् । करिब १ करोड कुल प्रयोगकर्ता भएको इसेवा गत वर्ष प्ले स्टोरमा १० लाख भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट भएको थियो । त्यसै गरी इसेवाको २ लाख ६८ हजार भन्दा बढी एजेन्ट र ४ लाख ५० हजार भन्दा बढी मर्चेन्टहरु रहेका छन् ।
इसेवाले आगामी दिनहरूमा आफ्नो सेवाहरू विस्तार गर्ने योजनाहरू बनाइ रहँदा आफ्नो प्रयोगकर्ताहरूको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ फिचरहरू ल्याउनुको साथै तिनको स्तरउन्नतीमा समेत कार्यरत रहने प्रतिवद्धता रहेको इसेवाका कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् । यसै क्रममा इसेवाले हालसालै ल्याएको नयाँ फिचर हो ँष्लबलअभघटण्, यसको साथ ग्राहकहरूले प्रत्येक विधामा भएको आफ्नो खर्चको विवरणहरू हेर्न सकिन्छ । यो फिचरमा कुन कार्यमा के कति खर्च भयो, कुल समयमा कुल खर्च कति भयो हेर्नुका साथै आफ्नो मासिक खर्चको लागि बजेट पनि निर्धारण गर्ने जस्ता विशेषताहरू रहेको छ । यस फिचरको साथ इसेवा प्रोगकर्ताहरुलाई आफ्नो खर्च व्यवस्थापन गर्न र न्यूनिकरणमा समेत मद्दत पुग्ने कुरामा प्रमुख कार्यकारी अधिकृत खड्काले जोड दिएका छन् ।
त्यसै गरी इसेवाले आफ्नो ग्राहकहरूको दैनिक वित्तीय व्यवस्थापन सहजताका लागि इसेवा क्यालेन्डर सुविधा पनि ल्याएको छ । यस सेवा अन्तर्गत इसेवा क्यालेन्डरमा आफ्नो भुक्तानीहरू अग्रिम टिपोट गरी राख्न सकिन्छ र इसेवा क्यान्डरमा गई सजिलै आफ्ना आर्थिक कारोबारहरू जाँच तथा व्यवस्थापन गर्न सकिन्छ । पहिला शेड्यूल पेमेन्टमा गई सम्पूर्ण भुक्तानी खोज्नु पर्थ्यो भने इसेवा क्यालेन्डरको मद्दतले ग्राहकहरूले आफूले गरेको भुक्तानी तथा आर्थिक कारोबारहरू सजिलै क्यालेन्डरमा गई हेर्न मिल्नेछ ।
त्यसै गरी यस क्यालेन्डरमा इसेवा मार्फत आफूले गरेको टिकट, होटल, फ्लाइट बुकीङ जस्ता कारोबारहरू पनि देखिने छ । यो सँगै ग्राहकहरूले निश्चित समयमा नियमित गरी रहने बिजुली, खानेपानी जस्ता भुक्तानीहरू पनि यस क्यालेन्डरमा देखिने छ जसले गर्दा ग्राहकको कुनै पनि भुक्तानी तथा इभेन्टहरु छुट्ने छैन । यति मात्र नभई इसेवा क्यालेन्डरमा ग्राहकहरूले आफ्नो तथा परिवारको जन्मदिन, एनिभरसरी, मिटिङ इत्यादि जस्ता व्यक्तिगत इभेन्टहरु पनि अग्रिम टिपोट गर्न सक्नेछन् ।
इसेवा क्यलेन्डर इसेवा एप भित्र रहने छ भने ग्राहकहरूको सहजताको लागि ग्राहकहरूले आफ्नो मोबाइलको विजिटमा पनि सेट गर्न मिल्नेछ । यी नयाँ सेवाहरूले ग्राहकहरूलाई थप सुविधाजनक वित्तीय सेवाहरू प्रदान गर्ने र आर्थिक उत्थानमा टेवा पुर्याएर वित्तीय समावेशीकरण तर्फ सधैँ सबैलाई सँगै लिएर अगाडि बढ्ने कुरामा समेत विश्वास रहेको कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन्
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे