२०८१ माघ १७, बिहिबार
शनिवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।
यसअघि प्रदेशसभा र प्रदेश सरकारले छुट्टाछुट्टै दिवस मनाउँदै आएको थिए । प्रदेशसभाले माघ २२ मा प्रदेश स्थापना दिवस र फागनु ४ मा प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाउने गरेको थियो ।
यसैगरी प्रकृतिका दुई कार्यक्रम भइरहेकामा अबदेखि प्रदेशसभा स्थापना भएको दिन माघ २२ गते प्रदेश स्थापना दिवसका रुपमा मनाउने निर्णय गरिएको हो ।
मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका प्रमुखलगायत सरोकार भएका पक्षको संयुक्त बैठकले उक्त निर्णय गरेको प्रेस संयोजक सापकोटाले बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे