२०८१ फागुन २०, मंगलबार
भरतपुर ओरालो विरेन्द्र क्याम्पस अगाडि रहेको निल डेभिड्स सैलुन एण्ड ट्रेनिङ सेन्टरको शनिबार औपचारिक उद्घाटन गरिएको हो।
सैलुनको निल आँफैले उद्घाटन गरेका हुन् । सो क्रममा बोल्दै उनले सबैको माया र साथले सैलुन यहाँसम्म आएको बताए । उनले चितवन बासीबाट पनि माया र साथको अपेक्षा रहेको बताए । यस्तै उनले नेपालका थप अन्य शहरमा आउट लेट स्थापना गरिने बताए । सानो आकारमा सुरु सैलुनले सबैको मन जितेको उनको भनाइ थियो ।
निल डेभिड्स चितवनकी सञ्चालक माया चौधरीले सैलुन केही समय अघिदेखि सञ्चालनमा आए पनि औपचारिक रुपमा भने शनिवार उद्घाटन गरिएको बताईन् ।
औपचारिक शुभरम्भको अवसरमा सबै सेवामा २५ प्रतिशत छुट दिईएको छ। सैलुनमा कपाल काट्ने, सजाउने, स्ट्रेट, फेशियल, मेकअप, नेल आर्ट, मेहेन्दी, ब्राडियल मेकअप, कपालको सौन्दर्यसम्बन्धि विभिन्न सेवा उपलब्ध हुनेछ । यस सँगै तालिम पनि दिईने उनले जानकारी दिईन् । सैलुनमा ६ जना कर्मचारी कार्यरत रहेको चौधरीले बताईन् । निल डेभिड्सको नेपाल र भारतमा गरी ८० भन्दा बढी आउटलेट रहेका छ्न् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे