२०८१ माघ १७, बिहिबार
स्वस्थ्य तथा समुन्नत समाज निर्माणको लागि घरदैलोमा स्वास्थ्य परिक्षण कार्यक्रम अभियान सुरु गरिएको वडाअध्यक्ष तिलबहादुर चितौरे (मगर)ले जानकारी दिनुभयो । माघ १४ गतेदेखि सु्रु ग्रिएको स्वास्थ्य परिक्षण अभियान एकसाता सम्म चल्ने उहाँले बताउनुभयो । एकसाताको अवधिमा वडाका झण्डै ३०० घरधुरीमा पुगेर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गर्नेछन् ।
स्वास्थ्यकर्मीहरुले स्थानीयहरुको सुगर, प्रेसर, क्षयरोग लगायतका विभिन्न प्रकारका रोगहरुको परिक्षण गर्ने र निशुल्क औषधी समेत वितरण गर्ने कार्यक्रम रहेको गैँडाकोट नगरपालिका वडा नं. १८ का सचिव रामु पौड्यालले बताउनुभयो ।गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा र रतनपुर स्वास्थ्य चौकीले घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रमको संयोजन गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे