२०८१ माघ २३, बुधबार
एचपिभि खोप सम्बन्धी जानकारी दिने उद्देश्यले गैंडाकोट नगरपालिका स्वास्थ्य शाखाद्धारा आयोजित संचारकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रममा सो कुरा जानकारी गराईएको हो।
गैंडाकोट नगरपालिका भित्र माघ २३ गतेदेखि २८ गतेसम्म कक्षा ६ देखि १० कक्षासम्मका तीन हजार तीनसय १६ जना छात्राहरूलाई खोप लगाईने गैंडाकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत माधव आचार्यले जानकारी दिनुभयो।
माघ २३ गतेदेखि गैंडाकोटका १८ वटै वडाहरूमा ६० खोप कार्यकर्ता र १२० स्वयंसेविका मार्फत बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाईनेछ।
सबैभन्दा धेरै जनक नमुना माविमा ४५१, कालिका माविमा ३१८, रत्नराज्य लक्ष्मी माविमा २४८, सुर्योदय बोर्डिङ्गमा १९३, लक्ष्मी मावि अमरापुरीमा १८२ छात्रा रहेका छन्। त्यस्तै सबैभन्दा थोरै शिसु निकेतन ईङ्गलिस स्कुल गैंडाकोटमा २ मा ३ जना र विरेन्द्र आवि रतनपुरमा २ जना छात्रा रहेको जनस्वास्थ्य अधिकृत प्रकाश पोख्रेलले बताउनुभयो।
खोप अवधिभर विद्यालय भन्दा बाहिर रहेका उक्त उमेर समूह र कक्षामा अध्ययनरत औद्योगिक क्षेत्र तथा सडक निर्माण र बिभिन्न पेशा व्यवसायका कारण बाबुआमासँग रहेका १५० जना छात्रालाई पनि यस खोप अभियानमा समावेश गर्ने समेत लक्ष्य रहेको आचार्यले बताउनुभयो।
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान आजबाट सुरुवात भएको छ। नेपालमा आज माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई खोप लगाइने छ । पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१/८२ सञ्चालन गर्ने निर्णय गरेको हो ।
नवलपुरमा १७ हजार किशोरीलाई महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने भएको छ ।
नवलपुरमा २ सय ३० विद्यालय सहित कुल ३ सय २० खोप केन्द्रमा खोप अभियान सन्चालन हुने प्रदेश स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्रकुमार सिंहले जानकारी दिनुभएको छ ।
कक्षा ६ देखि १० सन्चालन भएका २ सय ३० विद्यालय र ९० वटा स्वास्थ्य संस्थामा दुई चरणमा गरेर खोप अभियान सन्चालन गरिने प्रमुख सिंहले जानकारी दिनुभएको छ ।
सिंहका अनुसार माघ २२ गते देखि माघ २८ गते सम्म बुलिङटार, बौदिकाली, गैँडाकोट र देवचुलीमा पहिलो चरण र कावासोती, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीमा माघ २८ गते देखि फागुन ६ गते सम्म दोस्रो चरणमा खोप अभियान सन्चालन हुने छ ।
पाठेघरको मुखको क्यान्सरलाई एचपीभी भाइरस अर्थात् ह्युमन प्यापिलोमा भाइरसबाट हुने क्यान्सर भनिन्छ । यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ । यसकै कारण हरेक वर्ष तीन लाख महिलाको ज्यान जाने गरेको छ । प्रत्येक दिन यो क्यान्सरबाट ४ जनाको ज्यान जाने अध्ययनले देखाएको छ ।
ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) यौन सञ्चारित रोगको सूचीमा पर्ने सबैभन्दा सामान्य समस्या हो । एचपीभी संक्रमण सङ्क्रमित व्यक्ति (पुरुष वा महिला) को सम्पर्कमा आउँदा हुन्छ । जसकारण शरीरका केही विशेष अङ्ग खासगरी यौनाङ्गमा मुसा बन्न थाल्छ । यदि यो भाइरस लामो समयसम्म शरीरमा रह्यो भने यसले क्यान्सर निम्त्याउन सक्छ । तर यस क्यान्सरबाट बच्न एचपीभी खोप लगाउन सकिन्छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे