२०८१ माघ २३, बुधबार
रेबान सौराहाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा माघ २९ देखि फागुन ३ सम्म फेस्टिभल हुने जानकारी गराएको थियो ।
फेस्टिवलमा ‘थारू, नेवार समुदायका परम्परागत परिकारको साथै जापानिज, चाइनिज, मेक्सिकन परिकार रहने रेबान सौराहामा अध्यक्ष ध्रुव गिरीले बताउनुभयो ।
सुस्ताएको पर्यटन व्यवसायलाई गतिशिलता प्राप्त गर्ने र यसले सम्पूर्ण पर्यटन व्यवसायीहरुमा नयाँ उमङ्ग र उत्साह थप्नुको साथै स्थानीय जनमानसमा हालको आर्थिक मन्दीले थकित तथा त्रसित बनाएको मानसिकतामा पुनर्ताजकीका साथै सौराहाको पर्यटनलाई विगतकै अवस्थामा फर्काउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने कार्यक्रम संयोजक शम्भु प्रसाद मालीले जानकारी दिनुभयो।
समग्र सौराहाको पर्यटन विकास गर्ने, ५ दिन सम्म सञ्चालन हुने १९ औं सौराहा फूड फेस्टिवललाई भव्य, सभ्य र स्तरीय रुपमा मनाउँदै यस क्षेत्रका विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासंस्कृक्ति-भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, प्रवेश टिकटबाट भएको आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यकरण गर्ने कार्यक्रमको उद्देश्य रहेको गिरीले बताउनुभयो।
कार्यक्रमको आयोजक रेवान सौराहा रहेको छ भने सह आयोजकमा क्षेत्रीय होटल संघ नेपाल,चितवन र युनाईटेड हात्ती संचालन सहकारी संस्था रहेका छन्। प्रर्वद्धकको रुपमा नेपाल पर्यटन बोर्ड, संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश र पर्यटन कार्यालय सौराहा रहेको गिरीले जानकारी दिनुभयो। संरक्षकको रुपमा रत्ननगर नगरपालिका र मुख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरी प्रालि रहेको छ। कार्यक्रम सम्पन्न गर्नका लागि ९० लाख अनुमानित खर्च लाग्ने र ३ करोड रुपैँया बराबरको व्यापार हुने अपेक्षा गरिएको छ। कार्यक्रममा दैनिक ५ हजारले अवलोकन गर्ने रेबानले बताएको छ।
कार्यक्रमका मुख्य आकर्षणहरुमा
* बहुल जातजातीहरुको झांकीका साथै सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुती ।
* प्रत्येकदिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती ।
* स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता ।
* वेटर वेटरेस बीच प्रतियोगिता ।
* तान डोरी प्रतियोगिता ।
* प्रथम रेवान कप महिला फूटवल प्रतियोगिता ।
* अन्तर विद्यालय नृत्य प्रतियोगिता ।
* व्याटमिन्टन प्रतियोगिता रहनेछन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे