२०८१ फागुन १९, सोमबार
दाङको तुलसीपुर उपमहानगरपालिका-३ ठूला सम्वा निवासी पुष्कर खत्रीका १० वर्षका छोरा भुवन केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
घरबाट १५ मिटर टाढा रहेको खलोमा खेल्ने क्रममा आफ्नै सहोदर दाजु १० वर्षीय शिशिर केसीले बन्दुक खेलाउने क्रममा भाइको कञ्चटमा गोली लागेको प्रहरीले बताएको छ।
घरमा लोड गरी राखिएको भरूवा बन्दुक बालकले खेल्न लगेका थिए। भुवन केसीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोद राज खत्रीले जानकारी दिए।
प्रहरीले घटनास्थलबाट १ थान भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने ३२८ पिस छर्रा र ४ वटा फलामका गोली बरामद गरेको छ।
मृतकका दाजु र बाजेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे