२०८१ फागुन १९, सोमबार
cg nirmal
सी.जी. “निर्मलश्री”
यदि ! मैले
यदि ! मैले
सहन सक्छु पीडा भने
भगवान रामले जस्तै पीडा
सहन चाहान्छु
यसर्थ कि
पिताको मृत्युसँगै
राज्य निष्काशन
पत्नीको हरण
र हर समय पत्नीका लागि
अग्निपरीक्षाका श्रृङ्खलाहरु
यदि ! मैले
गर्न सक्छु त्याग भने
कर्णको जस्तै त्याग
गर्न चाहान्छु
मातृत्वको त्याग
मित्रको लागि राजपाठको त्याग
र मृत्यु प्राप्तिको लागि
सूर्यकवचकै त्याग
यदि ! मैले
पाउन चाहान्छु प्रेम
कसैको भने
पार्वतीको जस्तै प्रेम
पाउन चाहान्छु
जो शतीको शरीर त्यागेर जान्छ
तर अर्को जन्म
पार्वती बनेर
जीवन उसैसँग बिताउँछ
यदि ! मैले
बिछोड खप्नु नै पर्छ भने
भगवान शीवजस्तै वीरहमा
तड्पीन चाहान्छु
यसर्थकी
मृत प्रियाको शरीर
बोकेर विश्वको परिभ्रमण
वर्तमान भ्यालेण्टियनहरुले
कहिले गर्न सक्दैनन्……..
यदि ! मैले
लेख्न पाउँछु
आफ्नै बारेमा केही भने
स्वयम्लाई पागल
लेख्न चाहान्छु
यसर्थ कि
म केवल
तिम्रै कल्पनामा पागल छु
तिम्रै प्रेममा पागल छु
जन्मजन्मान्तर
तिम्रै नाममा, तिम्रै यादमा
र तिम्रै समर्पणमा मात्रै
म पागल हुन चाहान्छु ……………….
टीकापुर १, कैलाली
हाल : काठमाण्डौं
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे