२०८२ बैशाख ५, शुक्रबार
जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ४ मा दुई जनालाई धारिलो हतियारले काटिएकाे अवस्थामा शवहरु फेला परेका हुन।
भूमे ४ तल्लो साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनमगरले ६० वर्षीय ढाटी बुढामगर र उनको नाति ८ महिनाको सिजन बुढामगरलाई घरेलु हतियार खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी माधवराज खरेलले जानकारी दिनुभयो ।
फरार रहेका चन्द्रसिङ पुनमगरलाई खोजतालसका क्रममा खुलखुले खोलामा टाउकोमा धारिलो चोट लागेको अवस्थामा मृत फेला पारिएको डिएसपी खरेलले बताउनुभयो ।
वडा अध्यक्ष श्यामप्रसाद बुढामगरका अनुसार दुई जनाको शवलाई मुचुल्का बनाई शव उठाउने प्रक्रिया भैरहेको र फरार भनिएकाे व्यक्तिको पनि मुचुल्का उठाउने प्रक्रिया चलेको छ ।
यस बिषयमा अनुसन्धान पश्चात् पुरा विवरण आउने जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सुचना अधिकारी हिम बहादुर खड्काले जानकारी दिनुभएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे