२०८१ फागुन ७, बुधबार
माघ ३० गते साँझ करिब ५:४० बजेको समयमा बौदीकाली गाउँपालिका ३ खौरेनी बस्ने वर्ष ६९को जित बहादुर गैरे(सार्की) को घरमा बिजुली सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले जानकारी बताउनुभयो।
आगलागीमा परि खरको छानो,टिनको पाली भएको २ तले कच्ची घर, खरको छानो भएको १ तले कच्ची गोठ, गोठ संग जोडीएको परालको टौवा जलेर नष्ट भएको छ।
साथै धान अन्दाजी १६ मुरी, मकै ६ मुरी, कोदो ३ मुरी, घरमा रहेका लत्ताकपडा भाडावर्तन सबै , सुन (सिक्री र तिलहरी) पौने तोला, नगद रु २० हजार, विजुलीको मिटर बक्स, मोवाइल २ थान र अन्दाजी ६० भारी पराल समेत जलेको छ।
आगलागी भएको खबर प्राप्त हुना साथ तत्कालै प्रहरी टोली खटि गई स्थानियको समेत सहयोगमा आगलागी करिब ६:३० मा नियन्त्रणमा आएको थियो।
कुनै मानवी र पशुचौपायामा क्षती नभएको प्रहरीले जानकारी दिएको छ। आगलागीमा करिब ६ लाख बराबरको क्षती भएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे