२०८१ चैत्र २०, बुधबार
नयाँ दिल्लीको लोक नायक अस्पतालका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. रितु सक्सेनाले हिजो साँझ रेलवे स्टेशनमा हजारौं मानिसहरूको भिड लागेपछि भागदौड मच्चिदा १५ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो ।
रोयटर्सका अनुसार मृत्यु हुनेमा १० जना महिला र ३ बालबालिका रहेका छन् । भारतको प्रयागराजमा जारी कुम्भ मेलामा जाने र आउनेको अत्यधिक भीडमा भागदौड मच्चिदा अप्रिय घटना भएको हो ।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक संजाल एक्समा पोष्ट गर्दै दिल्ली घटनामा प्रति दुःख व्यक्त गर्दै पीडित परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे