२०८१ फागुन ७, बुधबार
साैराहा सहित चितवनमा पर्यटक भित्र्याउन आयाेजना गरिएकाे फेस्टिबल अबधि भर अपेक्षाकृत स्वादेशी तथा विदेशी पर्यटक साैराहा आएकाे रेवान साैराहाका अध्यक्ष ध्रुव गिरीले बताए । अब साैराहा पुरानै अबस्थामा फर्किएकाे छ उनले भने फेस्टिवलमा आएका पर्यटककाे संख्याले व्यवसायीहरुलाई उत्साहित बनाएकाे छ ।
फेस्टिबल चलिरहदा साैराहा क्षेत्र र फेस्टिवल प्राङ्गणमा करिब ३ कराेडकाे काराेबार भएकाे अनुमान गरिएकाे छ । खेलकुदकाे माध्यमबाट पर्यटक प्रबर्द्धन गर्न आयाेजना गरिएकाे प्रथम रेवान कप महिला फुटवल प्रतियोगिताको उपाधि अभिशेक चर्च रजहरले जितेको छ ।
रत्नप्रिय क्लवलाई १-० गोल अन्तरले पराजित गर्दै अभिशेक चर्जले उपाधि जितेको हो । त्यसैगरी व्याडमिन्टन प्रतियाेगिता, वेटर रेस, महिलाहरुकाे बीचमा म्यूजिकल चियर र वालबालिका बीचमा गरिएकाे बेलुन फुटाई प्रतियाेगितामा विजयीहरुलाई पुरस्कार वितरण गरिएकाे फेस्टिवलका संयाेजक शम्भूप्रसाद मालीले जानकारी दिए ।
फेस्टिवलमा ३० वटा खानाका स्टलहरु रहेका थिए । अन्यदिन प्रवेश निशुल्क गरिएकाे भएपनि फागुन ३ र ४ गते २०० रुपैँया प्रवेश शुल्क लिइएकाे थियाे । टिकट विक्रीबाट भएकाे आम्दानीबाट विपन्नकाे शिक्षा र स्वास्थ्य तथा साैराहाकाे साैन्दर्यकरणमा लगानी गर्ने रेवानका महासचिव नवीन नेपालले बताए।
रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समुह, क्षेत्रीय होटल संघ सौराहा र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेकाे सहसंयाेजक कृष्ण भट्टले जानकारी दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे