२०८१ फागुन ७, बुधबार
binayi
आर्थिक वर्ष २०८०–८१ को कार्यसम्पादन मूल्याङ्कनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लामा उत्कृष्ट बन्न सफल भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको सुचकले बताएको छ।
जिल्लाका आठवटा स्थानीय तहमध्ये विनयी त्रिवेणी गाउँपालिकाले ७३ दशमलव २ प्रतिशत अङ्क प्राप्तगरी पहिलो स्थानमा रहेको छ । देवचुली नगरपालिका ७१ दशमलव ४ प्रतिशत अङ्क प्राप्तगरी दोस्रो स्थानमा छ । यस्तै, गैँडाकोट नगरपालिकाले ७० दशमलव ९ अङ्क प्राप्तगरी तृतीय स्थान बनाउन सफल भएको छ ।
यसैगरी, मध्यविन्दु नगरपालिका ६८ दशमलव ६, बौदीकाली गाउँपालिकाले ६३ दशमलव ९, कावासोती नगरपालिकाले ६२ दशमलव ९, हुप्सेकोट गाउँपालिकाले ६० दशमलव ८ र बुलिङटार गाउँपालिका ४६ दशमलव ३ प्रतिशत अङ्क पाएका छन् ।
कार्यसम्पादन मूल्याङ्कनमा आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा नगर तथा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्कन हुने गर्दछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे