२०८१ चैत्र २०, बुधबार
मिनेसोटाबाट टोरन्टोका लागि आएको डेल्टा उडानमा सवार सबै ८० जनालाई अमेरिकी संघीय उड्डयन प्रशासनले सकुशल निकालेको छ । ७६ जना यात्रु र चार चालक दलका सदस्य रहेको सो विमान स्थानीय समय अनुसार दिउँसो सभा २ बजे दूर्घटना भएको हो ।
क्यानाडाको विमानस्थलहरुको तुलनामा धेरै यात्रुहरू ह्यान्डल गर्ने सो विमानस्थल सो घटना पछि करिब साढे दुई घण्टाको लागि बन्द भएको थियो ।
दुर्घटना के कारणले भयो भन्ने स्पष्ट नभएपनि मौसमकै कारण हुन सक्ने अनुमान गरिएको छ । क्यानाडामा ६५ किलोमिटरको गतिमा हिउँ र हावा चलिरहेको र तापमान माइनस ८ दशमलव डिग्री सेल्सियस रहेको क्यानाडाको मौसम विज्ञान सेवाले जनाएको छ ।
क्यानडाकी यातायात मन्त्री अनिता आनन्दले घटनालाई गम्भीर रुपमा नजिकबाट नियालिरहेको बताएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे