२०८१ फागुन ९, शुक्रबार
शीर्ष पात्रको अमेरिका मोह, अमेरिका जान गर्ने संघर्ष र आउने अवरोधको कथामा फिल्म बनेको ट्रेलरबाट बुझन् सकिन्छ। ड्रामा, एक्सन, कमेडी र मनोरञ्जन भरपूर प्याकेज ट्रेलरमा देखिन्छ।
फिल्मको शीर्ष भूमिकामा विनय श्रेष्ठ र सुपुष्पा भट्ट छन्। निरोज महर्जनको लेखन तथा निर्देशनमा फिल्म बनेको हो।
फिल्ममा विनय र सुपुष्पासहित कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा, शिशिर बाङ्देल, महेश त्रिपाठी, मेक्सम गौडेल, एवन उप्रेती, लक्ष्मीनाथ तिमिल्सिना लगायतको अभिनय छ।
सिनेमा आर्टको प्रोडक्सनको निर्माण र भी-मोसन पिक्चर्ससँगको सहकार्यमा फिल्म बनेको हो। फिल्मको निर्माता रौनकविक्रम कडेल हुन्। कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह-निर्मातामा एनी थापा छन्।
फिल्म सुसन प्रजापतिले छायांकन र सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन्। काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रिब्युसनले ‘फेरि रेशम फिलिली’ लाई देशभरका हलमा वितरण गर्नेछन्। फिल्म महाशिवरात्रीको अवसर पारेर देशब्यापी प्रदर्शनमा आउन लागेको हो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे