२०८१ फागुन ९, शुक्रबार
सो टावरले हरेक महिना पर्यटकका रुपमा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गर्ने शृङ्खलाको थालनीका क्रममा प्रधानमन्त्री ओली आज त्यहाँ पुगी टावरको उचाइमा राष्ट्रिय झण्डोत्तलन गर्नुभयो ।
सो क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले टावरहरुको उपयोगिता छैन भन्ने कुरालाई गतिलो खण्डन गर्न स्काइ टावर उदाहरण भएको बताउनुभयो ।
उहाँले यस्ता टावरमा ज्येष्ठ नागरिक र बालबालिकासहित पर्यटकहरुलाई फुर्सदको समयमा घुमफिर, दृश्यावलोकन र मनोरञ्जनका लागि उपयोगी सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौँको मध्यभागमा रहेको दुई सय ५६ फिट उचाइको सो टावर निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे