२०८१ फागुन ९, शुक्रबार
जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहादुर खडायतको बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
उनी आफ्नो घर दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए ।
घाइते अवस्थामा उनलाई तत्काल गोकुलेश्वर अस्पताल पुर्याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे