२०८१ फागुन ९, शुक्रबार
कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी, नगर उपप्रमुख विमला तामाङ, वडा अध्यक्ष लक्ष्मण पौडेल, ईम्प्याक्टका अध्यक्ष ध्रुव गिरी, वडा सदस्यहरूले संयुक्त रूपमा विपन्न समुदायलाई चुलो हस्तान्तरण गर्नुभएको थियो ।
सपना भिलेज सोसियलल ईम्प्याक्टका अध्यक्ष गिरीले सामुदायिक बनबाट दाउरा पाउन समेत गाह्रो र दाउराबाट पकाउँदा धुवाले असर गर्ने भएकाले थोरै रकम लिएर वडावासीहरूलाई सुधारिएको चुलो वितरण गरेको जानकारी दिनुभयो । रत्न नगर– ८ चित्रसारीमा चुलो निर्माण गर्ने उद्योग सञ्चालन गरेको उहाँको भनाई छ । रु २५ सय पर्ने यो चुलो वडावासीहरूलाई न्यूनतम शुल्क लिएर वितरण गरेको उहाँले बताउनुभयो ।
सुधारिएको चुलोबाट ७५ देख ८० प्रतिशत सम्म धुवा कम निस्कने भएकाले मानव स्वास्थ्यलाई असर नगर्ने जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रेग्मीले सपना भिलेजले कालिकाका नगर पालिकासँग विभिन्न सहकार्य गर्दै आएकोमा आगामी दिनहरुमा पनि यस्तै सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्राप्त गर्ने वडावासीहरूलाई पाएको सुधारिएको चुलोको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । वडा अध्यक्ष लक्ष्मण पौडेलले सुधारिएको चुलो मानवको स्वास्थ्य देखि वातावरण शुद्धता राख्न मद्दत गर्ने भएकाले वडावासीलाई चुलो वितरण गरिएको बताउनुभयो ।
सुधारिएको चुलोको प्रयोगले दाउरा कम प्रयोग हुने भएकाले केही मात्रामा वन जङ्गल जोगिने बताए । कार्यक्रममा, वडा सदस्य चित्र बहादुर भण्डारी, शान्ति महतो, चन्द्र रेखा वि.क, बेली कुमारी गुरुङ लगाएको उपस्थिति रहेको थियो । यो सँगै सपना भिलेजले इच्छा कामना र रत्न नगरका एक हजार ५० घरधुरीलाई चुलो वितरण गरिसकेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे