२०८१ फागुन १०, शनिबार
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बस दुर्घटना हुँदा बसमा सवार २१ जना मध्ये ११ जना घाइते भएका छन् ।
घाइते ११ जना मध्ये ६ जनाको देव अस्पताल भरतपुरमा र ५ जनाको देवचुली अस्पताल दलदलेमा उपचार भईरहेको छ । भरतपुर उपचारका लागि पठाइएका छ जनाको अवस्था मध्यम रहेको र बाँकी ५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दलदले क्षेत्रमा सडक विस्तारको क्रममा सडकको दायाँबायाँ खाडल रहेको र उक्त खाडलमा बस पल्टिएको स्थानीयले जनाएका छन् ।
दुर्घटनामा परी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका ५ बस्ने बर्ष ४० का सुजन कार्की, काठमाण्डौको पुतलीसडक बस्ने बर्ष ३५ का रोमराज लामिछाने, वर्ष ३२ की बिजया लामिछाने, बर्ष ३५ का निदान लामिछाने, बर्ष २८ की प्रज्ञा लामिछाने, रामेछाप निवासी बर्ष ३३ की स्वस्तिका दाहाल, पाल्पा जिल्ला निवासी बर्ष ३४ का भोज बहादुर जर्धा, अर्घाखाँची निवासी बर्ष ३२ का बिशाल भुषाल, बर्ष २९ का आसिस बि.क., रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ४ बस्ने बर्ष ३२ का अवि थापा र बाग्लुङ जिल्ला निवासी बर्ष ५० की कौसिला थापा घाइते भएका छन् ।
बस चालक प्रहरी नियन्त्रणमा रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे