२०८१ फागुन १०, शनिबार
कैरो थाना क्षेत्र अन्तर्गत गुडी करंज टोल निवासी कृषक खुदी उरांवका डेढ वर्षीय छोरा शिवम उरांवको बिहीबार मृत्यु भएको हो । खुदी र उनको परिवार बिहीबार बारीमा कामका लागि गएको थियो । सोही क्रममा उनीहरूले डेढ वर्षीय शिवमलाई पनि सँगै लगेका थिए ।
बच्चालाई भुल्याउनका लागि उनीहरूले आफ्नै बारीमा फलेको केराउ उखेलेर दिएका थिए । घर फर्किने क्रममा बच्चाले केराउको लहरो पनि सँगै ल्याएको थियो ।
केहीबेरमा बच्चा तड्पिन थाल्यो र परिवारका सदस्यले तत्काल अस्पताल लगे । तर चिकित्सकले बच्चाको मृत्यु भइसकेको घोषणा गरे ।
ती बालकले केराउको कोसाबाट दाना निकालेर खाने क्रममा श्वास नलीमा अड्किएर मृत्यु भएको चिकित्सकको भनाइ छ ।एजेन्सी
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे