काठमाडौं, फागुन १२ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।


सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



सुन हिजो प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ ।
चाँदी आज तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।