२०८१ फागुन १३, मंगलबार
प्रेम सम्बन्धको विषयलाई लिएर पाल्हीनन्दन ३ बेलासपुरमा भएको विवादको क्रममा झडप हुँदा १६ जना प्रहरी सहित ५ जना घाइते भएका छन् । घाइते मध्ये ३५ वर्षीय विजय धवलको अवस्था गम्भीर छ । उनको भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनुभयो ।
आक्रोशित स्थानीयले झडप रोक्न पुगेको प्रहरीको गाडी र एउटा कवार्ड गोदाममा पनि आगजनी गरेका छन् । प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी पक्षबिच भएको झडपका क्रममा केटा पक्षको समूहले केटी पक्षका आफन्तको कवार्ड गोदाममा समेत आगजनी गरी ध्वस्त बनाएका छन् ।
आगजनीबाट केटी पक्षका आफन्तको घरमा समेत क्षति पुगेको छ । केटा र केटी पक्षको घर सोही वडाको छट्की कुस्मा गाउँमा छ ।
केटी पक्षका हजुरबुवा नाता पर्ने मोहरम पवरिया(मुसलमान) को घर भने बेलासपुरमा छ । केटा पक्षबाट आएका गाउँलेको समूहले मोहरमको बेलासपुरमा रहेको कवार्ड गोदाममा आगजनी गरेको बताइएको छ । धोबी थर भएका केटासँग भएको प्रेम सम्बन्धको विषयलाई लिएर उत्पन्न विवादले उग्र रूप लिँदा झडप भएको हो ।
प्रहरीले घटना नियन्त्रणमा लिन ३ राउन्ड हवाई फायर र ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । अहिले बाक्लो मात्रामा प्रहरी परिचालन गरी अवस्था सामान्य बनाइएको प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे