२०८१ फागुन १५, बिहिबार
सिनेमा आर्टसको ब्यानरमा बनेको चलचित्रको ‘फेरि रेशम फिलिलि’ महाशिवरात्रीको अवसर पारेर देशभर प्रदर्शनमा आएको छ ।
चलचित्रको मंगलबार साँझ ‘ग्राण्ड प्रिमियर’ समेत गरिएको छ । ललितपुरमा सम्पन्न प्रिमियर चलचित्रका कलाकारदेखि तथा अन्य थुप्रै कलाककर्मीहरुको सहभागिता रहेको थियो । चलचित्रले प्रिमियर शोमा निकै सकारात्मक प्रतिक्रिया पाएको छ ।
शोपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अभिनेता तथा निर्देशक अशोक शर्माले चलचित्र एकदमै रमाईलो रहेकोले दर्शक एकछिन पनि बोर नहुने प्रतिक्रिया दिनुभयो । उहाँले नेपाली युवाहरुमा विदेश जाने हुटहुटी रहेको बेलामा चलचित्र ‘फेरि रेशम फिलिलि’ले राम्रो सन्देश दिएको बताउनुभयो । उहाँले चलचित्र हेरिदिनका लागि समेत सबै दर्शकहरुलाई आग्रह गर्नुभयो । अभिनेत्री ऋचा शर्माले शर्माले चलचित्रका कलाकारहरुको अभिनयको प्रशंसा गर्नुभयो । उहाँले चलचित्र समग्रमा राम्रो बनेकोले कोही दर्शन पनि बोर नहुने प्रतिक्रिया दिनुभयो ।
चलचित्रलाई निरज महर्जनले निर्देशन गर्नुभएको हो । फिल्ममा विनय, सुपुष्पा, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो फिल्ममा ‘रेशम फिलिली’ का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।
थप समाचार:
‘फेरि रेशम फिलिली’ मा अमेरिका मोहको कथा, ट्रेलर सार्वजनिक (भिडिओ)
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे