२०८२ बैशाख ९, मंगलबार
शुक्रबार बिहान २:५१ बजे भोटेकोशी गाउँपालिका-२ भैरवकुण्ड आसपास केन्द्र भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पले सामान्य क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।
उनका अनुसार मानवीय क्षति भएको सूचना प्राप्त भएको छैन। जिल्ला कारागार कार्यालयमा दुई जना बन्दी भाग्ने क्रममा लडेर घाइते भएको उनले जानकारी दिए। अन्य क्षति भएको भने जानकारीमा नआएको र सुरक्षा संयन्त्रहरूलाई विवरण संकलन गर्न भनिएको उनले बताए।
सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर प्रसाद यादवले पनि क्षति भएको विवरण नआएको र बुझ्नका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए।
भूकम्पको धक्का काठमाडौंमा धादिङ चितवन र नवलपुर लगायत आसपासका जिल्लामा पनि महशुस गरिएको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे