२०८१ फागुन १७, शनिबार
हिमपातले बारीमा लगाएको हिउदेबाली सप्रने आशाले किसान खुसी भएका छन । जिल्लाको पाँचवटै गाउँपालिकाका हिमाली भेगमा हिजो साँझ हिमपात भएको हो ।
यस पटक लामो समय पानी र हिउँ नपर्दा फागुनको मध्यमा हिउँ र पानी परेपछि आन्तरिक पर्यटक समेत हिउँ खेल्न जिल्लाको उच्च स्थानमा आउने क्रम बढने लाङटाङका फिन्जो तामाङले बताउनुभयो । जिल्लाको नागथली,क्यान्जिङ,लाङटाङ,चन्दनवारी,गोसाइकुण्ड लगायतका पदमार्गमा हिमपात भएको छ ।
यसै गरी बागलुङ जिल्लाको ढोरपाटनमा पनि हिमपातले जनजीवन प्रभावित भएको छ । भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो । ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन् ।।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे