२०८१ फागुन १९, सोमबार
फुडपोइजन भएर बिरामी परेकाहरूमध्ये बालबालिकादेखि वृद्धवृद्धा समेत रहेको स्वास्थ्य केन्द्रका डा. दिपेन राजवंशीले जानकारी दिए। विषाक्त खाना खाएका कारण उनीहरूमा वान्ता हुने, झाडापखाला लाग्ने, पेट पोल्ने तथा उच्च ज्वरो आउने लक्षण देखा परेको डा. राजवंशीको भनाइ छ।
बिरामीहरूमा इन्टापमिवा हिस्टोलाइटिका नामक कीटाणु समेत देखा परेको बताउँदै डा. राजवंशीले भने, ‘अधिकांश बिरामीहरूको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ, प्राथमिक स्वास्थ्य केन्द्र भएकोले बेड तथा जनशक्ति अभावका कारण उपचारमा केही असहज भएको हो।’
कचनकवल गाउँपालिका–६ बनियानी निवासी वार्षिकीको अवसरमा आयोजित पुराणमा आफन्त लगायत छरछिमेकीहरु गएर प्रसाद खाएका थिए। सोही प्रसाद खाँदा उनीहरू फुडपोइजन भएर बिरामी परेका हुन्। बिरामीहरूको सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। अन्नपूर्णपोष्टबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे