२०८१ फागुन १९, सोमबार
श्रीमान जोग्गिरे बादीसँगै सुदूरपश्चिमका विभिन्न ठाउँमा गीत गाउन हिँड्ने राधा आइतबार बिहान सुतिरहेको अवस्थामा नै मृत फेला परेको कालिकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले बताए ।
घटनास्थलका स्थानीयलाई उद्धृत गर्दै प्रहरी निरीक्षक चौधरीले भने, “श्रीमान श्रीमतीले धेरै नै मदिरा सेवन गर्नु हुन्थ्यो । त्यही कारणले श्रीमतीको मृत्यु भएको हुनसक्छ ।” बादीको शव पोस्टमार्टमका लागि लैजान घटना स्थलमा आफू पुगेको भन्दै उनले त्यसको रिपोर्ट आएपछि मृत्युको कारण यकिन हुने जानकारी दिए । उनले भने, “श्रीमान श्रीमती नै राति रक्सि खाएर सँगै सुत्नुभएको रहेछ । राति अरू कुनै व्यक्ति आएको जस्तो देखिएको छैन ।”
हालसम्म बादी दम्पतीको परिवारका अन्य सदस्यको खोजी भइरहेको तर कोही पनि पत्ता नलागेको उनले बताए । पछिल्लो हप्तामा टिकटकमा बादी जोडिलाई धेरैले रुचाएका थिए । टेकपानाबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे