२०८१ फागुन १९, सोमबार
मच्छिन्द्रको जितमा स्टेफेन जमाह जालेले १ गोल गर्दा एक गोल आत्मघाती भएको थियो । २९ औं मिनेटमा बिमल पाण्डेबाट आत्मघाती गोल हुँदा मच्छिन्द्रले अग्रता लिएको थियो । दोस्रो हाफमा युसुफ मलिकको क्रसमा जमहा जालेले गोल गरेपछि मच्छिन्द्रले २-० को अग्रता लियो । त्यसपछि थप गोल भएनन् र मच्छिन्द्रले उपाधि रक्षा गर्यो । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेतालाई १५ लाख ११ हजार एक सय ११ र उपविजेताले पाँच लाख रुपैँया पुरस्कारको व्यवस्था रहेको छ ।
त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार पाएका छन । प्रतियोगिताको फाइनलमा प्रमुख अतिथिका रुपमा इटालीको राष्ट्रिय टोलीका पूर्वकप्तान एवन् विश्व चर्चित गोलरक्षक जियान लुइजी बुफन दशरथ रङ्गशालामा उपस्थित भएका छन् । प्रधानमन्त्री केपी ओली पनि रंगशालामै गएर प्रतियोगिता हेर्नुभएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे