२०८१ फागुन २०, मंगलबार
हालसम्म बजार बन्द हुँदा अन्तिम पटकको कारोबार मूल्य नै त्यस दिनको लागि सो कम्पनीको अन्तिम मूल्य रहँदै आएको छ ।
नेपाल स्टक एक्स्चेन्जले नयाँ व्यवस्था कार्यान्वयन गर्नेगरी धितोपत्र बोर्डबाट नीतिगत व्यवस्थाका लागि स्वीकृत पाएको छ । नेप्सेले केही साताभित्रै यो कार्यान्वयनमा ल्याउनेगरी प्राविधिक तयारी थालेको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
केही खेलाडीहरुले सेयर मूल्य बढाउन तथा घटाउनका लागि अन्तिम एक मिनेटमै चलखेल गर्ने गरेको आरोपपछि नेप्सेले यस्तो व्यवस्था लागू गर्न थालेको हो । खासगरी लोक्याप कम्पनीमा अन्तिम एक मिनेटमै खेलाडीहरुले मूल्य उच्च दरमा बढाउन वा घटाउन सक्ने सामर्थ्य राख्दै आएका छन् ।
यसले गर्दा दिनभर १० प्रतिशत घटेको वा बढेको कम्पनीको सेयर मूल्य अन्तिम एक मिनेटमै विपरित १० प्रतिशतको सीमामा पुग्ने गरेको छ । अन्तिम मूल्य जुन तय हुन्छ, भोलिपल्टबाट सोही मूल्यमा २ प्रतिशतको सीमाभित्र रहेर पहिलो कारोबार हुने गर्छ ।
यहीं चलखेल रोक्नका लागि अब अन्तिम १५ मिनेटको अर्थात् २ : ४५ देखि ३ : ०० बजेसम्मको भारित औसत कारोबार मूल्य नै सो कम्पनीको अन्तिम सेयर मूल्य तय हुनेगरी व्यवस्था गर्न लागिएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे