२०८१ फागुन २०, मंगलबार
सशस्त्र प्रहरीको टोलीले पोखरा महानगरपालिका–६ स्थित फेवातालमा फसेका तीन जनाको मंगलबार सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएकाहरुमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ४३ वर्षीय राजन उप्रेती, ४५ वर्षीय केशव दाहाल र ४७ वर्षीय विष्णुहरी दाहाल छन् ।
प्याडल बोटमा बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण उनीहरू फेवातालमा फसेका थिए ।
सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले मोटर बोटको सहायताले उनीहरुको सकुशल उद्वार गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे