२०८२ बैशाख ८, सोमबार
महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रिजको उद्घाटन गर्दै उनले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने बताए । उनले भने, ‘अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरू पनि अघि सरुन् ।’
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयासविना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताए । कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सिर्जना हुने उनले बताए । आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यस उद्योगले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर देश बनाउन आएको पनि उनले बताए। उनले हुलाकी राजमार्ग, सुनकोसी मरिनलगायत योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाए । भने, ‘अब अराजकता, बलमिच्याइँ र जालझेल चल्दैन ।’ उनले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधानअनुसार चल्नुपर्नेमा जोड दिए। रासस
आईएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे