२०८१ फागुन २५, आईतबार
स्तरोन्नती सहित निर्माणधीन अवस्थामा रहेको सो सडक निकै लामो समयदेखी निर्माणको नाममा अस्तब्यस्त बनेकोमा अब भने यात्रामा केही सहज हुने भएको छ ।
सडक खण्डको १२ दशमलव दुई किलो मिटर सडकमध्ये ६ किलो मिटरमा क्षेत्रमा पहिलो तहको कालेपत्रे सम्पन्न भईसकेको नागढुङ्गा मुग्लीन सडक योजना पुर्वी खण्डका प्रमुख केशव ओझाले जानकारी दिनुभयो ।
यस सडक खण्डको १२ दशमलव दुई किलो मिटर सडक स्तरोन्नती सहित कालोपत्रेलगाएत सम्पूर्ण काम यसै चालु आर्थिक वर्षको असारसम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको प्रमुख ओझाले जानकारी दिनु भएको छ ।
हालसम्म सो सडकको ६८ प्रतिशत काम सम्पन्न भएको छ । यससँगै नौविसेदेखि मलेखु खण्डको पृथ्वी राजमार्गको निर्माणको कामले पनि चालु महिनादेखि गति लिएको छ । यस खण्डको कामको भौतिक प्रगति अलिहेसम्म जम्मा तीस प्रतिशत भएको छ ।
सडकको नाला निर्माण, टेवा पर्खाललागएतका अन्य स्टक्चर निर्माणको काम तीब्रगतिमा रहेको बताउँदै सडकको एकातर्फी आधा चौडाईको चार किलोमटिर सडकमा पहिलो चरणको कालोपत्रे गरिसकेको पनि जनाइएको छ ।
चालु वर्षमा यस खण्डको पनि पचास प्रतिशत काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको सडक आयोजनाले जनाएको छ ।
तीन खण्ड विभाजन गरी निर्माण सुरु गरेको नागढुङ्गा मुग्लीन सडक स्तरोन्नतीको काम नागढुङ्गादेखी नौविसेसम्मको पहिलो खण्डको सगुन कन्ट्रक्सन र जियाङ्गसु, दोस्रो खण्ड नौविसेदेखि मलेखुसम्मको शर्मा लामा जेडआईसिजीले जिम्मा पाएको हो । तेस्रो खण्ड शर्मा र जेडआईसिजीले संयुक्त रुपमा निर्माणको जिम्मा लिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे