२०८१ फागुन २८, बुधबार
विद्यालयसँग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत वडा भित्रका २६ जना महिला र ३१ जना पुरुषहरुलाई एकथान ब्लाङकेट र एकनाथ थर्मस दिएर सम्मान गरिएको गैडाकोट नगरपालिका वडा नं. १८ का सचिव रामु पौड्यालले जानकारी दिनुभयो ।
सोहि अवसरमा यसअघि वडाको आयोजनामा सञ्चालन भएको घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रममा सहभागि भएका ५ जना स्वास्थ्यकर्मीलाई समेत सम्मान गरिएको थियो भने अभिभावक विहिन बालज्योति माध्यामिक विद्यालयका कक्षा ७ का छात्र तेजेन्द्र सुगरपाकलाई स्टेशनरी सामाग्री सहयोग गरिएको सचिव पौड्यालले बताउनुभयो ।
गैँडाकोट १८ का वडा अध्यक्ष तिलबहादुर चितौरेको अध्यक्षता तथा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपमेयर शान्ति कोइराला, नगरपालिकाका शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाई लगायत विशिष्ट अतिथिहरु रहनुभएको थियो ।
जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै नगरप्रमुख मदनभक्त अधिकारीले समाजका तल्लो तहका जनताहरुलाई स्थानीय सरकार साथमै छ भन्ने अनुभुति दिलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । वडा अध्यक्ष तिलबहादुर चितौरेले गैँडाकोट १८ मा रहेका सामूदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीहरुको वितृष्णालाई मृगतृष्णमा बदल्नका लागि विद्यालयसँग वडाअध्यक्ष कार्यक्रम अघि सारिएको बताउनुभयो ।
विद्यालयसँग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत आगामी दिनमा समेत विभिन्न रचनात्मक कामहरु अघि बढाइने उहाँले बताउनुभयो । भूगोलका हिसावले गैँडाकोट १८ नगरकै दुर्गम वडा भएपनि वडाअध्यक्ष चितौरले वडाबासीका लागि दिनरात खटिएर काम गरेको भन्दै स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे