२०८१ चैत्र ७, बिहिबार
एसडी इभेन्ट्स एण्ड म्यानेजमेन्ट्स तथा मिसन रेडको संयुक्त आयोजनामा चैत्र ३१ गते साँझ नारायणी नदी किनारमा उक्त भव्य च्यारिटी कन्सर्टको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रमको लागि तयारी तीब्र पारिएको छ। छिट्टै नै कन्सर्टमा आउने कलाकार र ब्याण्डको घोषणा गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी गराएको छ।
कार्यक्रममा नेपालकै चर्चित व्याण्ड तथा कलाकार मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने लक्ष्य राखिएको छ।
नयाँ बर्ष २०८२ लाई लक्षित गर्दै नारायणी नदी किनारमा गर्न लागिएको कन्सर्ट अहिलेसम्मकै ठूलो हुने आयोजकको दाबी रहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे