२०८१ चैत्र ७, बिहिबार
पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिती बसाल्न पुर्याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउण्डेसनद्वारा जारी सूचनामा जनाइएको छ ।
सोही कुरालाई ध्यानमा राखेर यो विशिष्ट पुरस्कारको थालनी गरिएको फाउण्डेसनको भनाइ छ । उक्त पुरस्कारका लागि समावेश लेख रचना नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमा परिवर्तन ल्याउन सक्ने वा आफूले गरेको खोजमूलक अनुसन्धानको लेखमार्फत प्रभाव देखाउन सक्ने स्तरको सोध / खोजलाई विशेष प्राथमिकता दिएर तयार गरेको सामग्री हुनु पर्ने सूचनामा उल्लेख छ ।
प्रतिस्तर्धामा उक्त सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडिया वा डिजिटल पोर्टलमा प्रकाशित / प्रसारित भएको हुनु पर्ने फाउण्डेसनले जनाएको छ । उक्त लेख रचनाहरू बारेको आवेदन जोजस्ले दिए पनि ( प्रकाशक, पत्रकार, दर्शक, श्रोता वा पाठक ) माझ स्वीकार्य भएको हुनु पर्ने तथा आवेदकले आफ्नो लेख रचना समावेश गर्दा लेखकको व्यक्तिगत परिचय स्पष्ट रुपमा खुलाएर आवेदन दिन सक्ने सूचनामा भनिएको छ ।
यसै वर्ष बैशाख २०८१ सालदेखि चैत २०८१ सम्म ( १२ महिना ) भित्र प्रकाशन / प्रसारणमा भइसकेका अनुसन्धानमूलक समाचार / सामग्रीले प्रतिस्तर्धामा सहभागी हुन पाउने सूचनामा जनाइएको छ । बारबरा फाउण्डेसन, बालुवाटार, काठमाडौंको पोष्ट बक्स नम्बर १९८५५, फोन नम्बर ९८४३७७३८१७ तथा इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाइको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे