२०८१ चैत्र ८, शुक्रबार
नगरपालिका संघको ३२ औँ स्थापना दिवसको अवसरमा गैंडाकोट नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८१ प्रदान गरिएको हो ।
आर्थिक वर्ष ०८०/०८१ मा स्थानीय आर्थिक बिकास क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेकोले सोको उच्च मूल्याङ्कन गर्दै गैंडाकोट नगरपालिका लाई यस बर्षको उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ प्रदान गरिएको नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले जानकारी दिनुभयो।
यो सम्मान र पुरस्कारले हामीलाई आगामी दिनमा अझै राम्रो काम गर्नका लागि थप हौसला प्रदान गरेको छ। साथै हामीलाई थप उत्प्रेरित समेत गरेको छ भने सँगसँगै चुनौती पनि थपेको छ गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो। उत्कृष्ट नगरपालिकाको गरिमालाई जोगाई राख्नका लागि हामीलाई थप चुनौती पनि छ। यो सम्मानले गर्दा अझै अनुदान र सहयोगका कार्यक्रमहरू पनि थपिनेमा आफु आशावादी रहेको खनालले बताउनभयो।
आज सम्मको कामको मूल्याङ्कन गर्दे यो सम्मान पाएकोमा खुशी हुँदै आगामी बाँकी कार्यकालमा पनि झनै उत्कृष्ट कार्य सम्पादन गर्न मैले मेरो तहबाट उल्लेख्य भूमिका खेल्नेछु गैंडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले बताउनुभयो
संघले काठमाडौंमा आयोजना गरेको समारोहका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीलाई सम्मानसहित पुरस्कार प्रदान गर्नुभएको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे