२०८१ चैत्र १२, मंगलबार
‘काडाबम्ब ओकामी’ नाम दिइएको उक्त कुकुरलाई अमेरिकामा ब्रिड गरिएको थियो । यसलाई इन्डियन डग ब्रिडर्स एसोसिएसनका अध्यक्षसमेत रहेका बैंगलुरुका एस सतिशले खरिद गरेका हुन् ।
सतिशसँग १५० वटा भन्दा बढी कुकुरको प्रजाति रहेको बताइएको छ । यसमा विश्वका दुर्लभ प्रजातिहरू रहेका छन् । भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले ‘काडाबम्ब ओकामी’ का लागि ५.८१ मिलियन डलर खर्च गर्नु उपयुक्त भएको बताए । यो कुकुर मात्र ८ महिनामा ७५ केजी पुगेको छ भने ३० इन्च यसको उचाइ रहेको छ ।
‘यो निकै दुर्लभ प्रजाति हो । यो ठ्याक्कै ब्वाँसो जस्तै देखिन्छ । यो प्रजाति यसअघि विश्वमा बिक्री भएको थिएन,’ सतिशले भने, ‘म धेरै पैसा खर्च गर्छु किनभने यिनीहरू दुर्लभ हुन्छन् । मानिसहरू यसलाई हेर्न उत्साहित हुने भएकाले मैले यसबापत पैसा पनि पाउँछु ।’
सात हेक्टरमा फैलिएको आफ्नो सम्पत्तिमा १५० वटा भन्दा बढी कुकुरका प्रजातिहरू पालेर राखेका छन् । उनले भारत भरका विभिन्न कार्यक्रममा यस्ता दुर्लभ कुकुरहरू लिएर जान्छन् जसका लागि उनले ३ हजार देखि १२ हजार डलरसम्म प्राप्त गर्छन् । उनी कर्नाटकका फिल्म प्रिमियरहरूमा पनि कुकुर लिएर पुग्ने गरेका छन् । अडिटी सेन्ट्रल
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे