२०८१ चैत्र १३, बुधबार
चैत ८ र ९ गते सम्पन्न यस अभूतपूर्व विद्वत सभामा राष्ट्र भरका विशिष्ट विद्वानहरुको सहभागीता रहेको थियोे । २ दिन सम्म संचालित उक्त महासम्मेलनमा विभिन्न विधामा प्रशिक्षण तथा ज्ञान प्रदान गरिएको थियो। साथै ज्योतिष,वास्तु तथा तन्त्र शास्त्रमा विशेष योगदान पुर्याउनु हुने विद्वानहरुलाई विभिन्न पदवी र सम्मान पत्र प्रदान गरिएको थियोे ।
गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल वस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा गोर्खा नपाका मेयर कृष्ण थापा,सहित विभिन्न विद्वानहरुले शुभकामना व्यक्त गर्नुभएको थियोे ।कार्यक्रममा वास्तु विषयमा डा माधव मंगल जोशी ,तन्त्र विषयमा डा शहदेव विष्ट,ज्योतिष विषयमा डा लोकराज पौडेलले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
प्रशिक्षण पश्चात विभिन्न विधामा उल्लेख क्षमता र योगदान पुर्याउनुहुने देश भरका ज्योतिषीहरु सम्मानित हुँदै गर्दा राष्ट्रिय रुपमा अग्र स्थानमा रहेका गण्डकी प्रदेशका ज्योतिष गुरुहरुको योगदानको उच्च मूल्यांकन सहित विशिष्ट अलंकार एवं अवार्डद्वारा सम्मानित सम्मानित गरिएको थियो ।
जसमा दक्षिण एसियाली ज्योतिष महासंघ गोरखनाथ अवार्ड ,केन्द्रीय सदस्य भवेश भट्टराई ज्योतिष अलंकार तथा गोरखनाथ अवार्ड सम्मानित हुनुभएको छ । दक्षिण एशियाली ज्योतिष महासंघका महासचिव रविन पगेनीको स्वागत मनतव्यमा अगाडि बढेको यस कार्यक्रमको संचालन भने अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य लक्ष्मण पन्थीले गर्नुभएको थियो ।
कार्यक्रम सम्पन्न पश्चात सहभागीहरुलाई गोर्खा जिल्लाका विभिन्न ऐतिहासिक ,धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन र दर्शन समेतको व्यवस्था मिलाईएको थियो । म्याग्दीको मालिका गाउँपालिका-७, बिम अर्कलामा जन्मिएका उनी आफ्नो कर्मथलो पोखरामा बनाउँदै आएका छन् । विगत ८ वर्षदेखि ज्योतिष वास्तु परामर्श, ज्योतिष वास्तु गर्दै आएका छन् ।साथै ज्योतिष भवेशले विभिन्न राजनीतिक नेता, युवा, कलाकार र भवन, अस्पताल, विद्यालय, घर र अन्य धेरैका वास्तु पाठकहरूलाई एक-अर्कासँग परामर्श प्रदान गर्दै आउनुभएको छ ।
पोखराको विन्ध्यवासिनी मन्दिरका चर्चित ज्योतिषी तथा वास्तुविद् भबेश भट्टराई शास्त्री पशुपतिनाथ अवार्डबाट सम्मानित भएका थिए।
विन्ध्यवासिनीमा रहेर संस्कृत, ज्योतिष विषयमा भने पार्वती जन्म भूमि ज्योतिषका खानी पुन्यभुमि पाङमा रहेर निकै अनुभव गुरुहरूको सामीप्यमा रहेर अध्ययन अनुभव र अनुसन्धान गर्दै ज्योतिष वास्तु सेवा प्रदान गर्दै आएका छन् । उनले अनलाइन मार्फत विश्वभर रहेका नेपालीहरूलाई सेवा परामर्श पनि दिइरहेका छन् ।
सम्पुर्णानन्द संस्कृत विश्वविद्यालय बनारसबाट अध्ययन गरेका ज्योतिषी तथा वास्तु शास्त्री भवेश विगत १३ वर्ष देखि ज्योतिष वास्तु र रत्नको विषयमा अध्ययन (अनुसन्धान) गर्दै आएका छन् । अझ पछिल्लो समय फेस (अनुहार) रिङिडको माध्यमबाट पनि ज्योतिषमय परामर्श दिँदै आएका छन् ।
ज्योतिष भट्टराई युवा देखि वृद्धसमेत सबैले अत्यधिक रुचाएको व्यक्ति हुन। उनले ज्योतिषी क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप सन् २०१८ देखि २०२४ सम्म गोल मेडलबाट समेत विभूषित समेत भएका छन्। उनी पोखराको मुटु बिन्ध्यबासिनि मन्दिरबाट ज्योतिष सेवा दिँदै आएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे